शुक्रबार, वैशाख २६, २०८२

वीरगंजमा कोरोनाबाट थप २ जनाको मृत्यु

वीरगंजमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। दुबै जनाको मृत्यु भएपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ।
 |  बिहीबार, साउन २२, २०७७
nespernesper

जियालाल साह

जियालाल साह

बिहीबार, साउन २२, २०७७

vianetvianet

वीरगंज- वीरगंजमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ। दुबै जनाको मृत्यु भएपछि कोरोना पुष्टि भएको नारायणी अस्पतालको पीसीआर ल्याबले जनाएको छ।

triton college

मृत्यु हुनेमा वीरगंज-१० आदर्शन नगरका ५६ वर्षीय संजय अग्रवाल र वीरगंज-११ का मुर्लीका ८० वर्षीय गया प्रसाद बरई छन्।

वीरगंजको गण्डकमा श्वासप्रश्वासको समस्या भएपछि उपचारका लागि साउन २० गते भर्ना भएका ५६ वर्षीय संजय अग्रवालको मृत्यु भएपछि पीसीआर नमुना परीक्षण गरिएको थियो।

रिपोर्टमा कोरोना पोजेटिभ देखिएको डा. उदयनारायण सिंहले जानकारी दिए। अग्रवाललाई बुधबार रातिदेखि भेन्टिलेटरमा राखिएको थियो।

त्यस्तै घरमै मृत्यु भएका ८० वर्षीय गया प्रसाद बरईको पनि पीसीआर रिपोर्ट पोजेटिभ आएको अस्पतालकै अर्का चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

National life insurance

घरमै मृत्यु भएका बरईको स्वाब संकलन गरी परीक्षण गर्दा आज (बिहीबार) साँझ रिपोर्ट पोजेटिभ आएको हो।

पर्सामा कोरोना संक्रमणले मृत्युु हुनेको संख्या १५ पुगेको छ।

प्रकाशित: Aug 06, 2020| 21:02 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।