बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा बजेट कार्यान्वयन सम्बन्धी छलफल

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकमा बजेट कार्यान्वयन सम्बन्धी छलफल

उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य एवम् मौद्रिक नीति कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम, बजेट वक्तव्य एवम् मौद्रिक नीति कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बिहीबार बसेको बैठकले घरेलु उद्यम एवम् कोरोना प्रभावित पर्यटन व्यवसायमा कर्मचारीको पारिश्रमिक भुक्तानी, पुनर्कर्जा कोषको व्यवस्थापन र सञ्चालन, लघु बीमालगायत सम्बन्धी विषयमा छलफल भएको हो।

बैठकमा सरकारी ऋणपत्रको अभौतिकीकरण एवम् दोस्रो बजार कारोबार तथा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्स्चेन्ज तथा सिडिएस एण्ड क्लियरिङ्गको पुनर्संरचना, सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि एवम् हेजिङ्ग सम्बन्धी नियमावली संशोधनका विषयमा छलफल भएको जनाइएको छ।

नेशनल पेमेन्ट गेटवे सञ्चालनलगायत विषयको कार्यान्वयनका लागि अर्को बैठकमा प्रगतिसहित उपस्थित हुन मन्त्री खतिवडाले निर्देशनसमेत दिएका छन्।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर, सचिव (राजस्व), धितोपत्र बोर्डका अध्यक्ष, बीमा समितिका अध्यक्ष, नेपाल बैङ्कर्स संघका अध्यक्ष, सहकारी विभागका रजिष्ट्रार तथा कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार लगायतका पदाधिकारीको उपस्थिति थियो।

प्रकाशित: Aug 06, 2020| 18:46 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्