बिहीबार, भदौ ११, २०८३

लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसाय ठप्प

लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसाय पूर्णरुपमा बन्द भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– लकडाउनको अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसाय पूर्णरुपमा बन्द भएको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

राष्ट्र बैंकको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार लकडाउनको अवधिमा ४ प्रतिशत उद्योग मात्रै पूर्णरुपमा सञ्चालनमा रहेको पाइएको हो।

प्रतिवेदनअनुसार ३५ प्रतिशत उद्योग/व्यवसाय भने आंशिक रुपमा चलेका थिए।

कृषि, वन तथा मत्स्यपालन, सञ्चार, स्वास्थ्य र समाजिक क्षेत्रका उद्योग व्यवसाय मात्रै लकडाउनको समयमा पूर्णरुपमा सञ्चालन भएका थिए।

त्यसैगरी, खानी तथा उत्खनन्, उत्पादनमुलक उद्योग, विद्युत्, ग्यास, पानीलगायतका उद्योग आंशिकरुपमा सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यो अवधिमा यातायात तथा शिक्षा क्षेत्र भने पूर्णरुपमा बन्द भएको पाइएको छ।

प्रकाशित: Aug 06, 2020| 14:23 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्