काठमाडौं– लकडाउनको समयमा होटल तथा रेष्टुरेन्ट व्यवसायमा कार्यरत कर्मचारीको तलब ३६.४ प्रतिशतले कटौती भएको छ।
नेपाल राष्ट्र बैंकको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार समग्र उद्योग/व्यवसायले १८.२ प्रतिशतले कर्मचारीको तलब कटौती गरेकोे पाइएको हो।
होटल क्षेत्रपछि यातायात तथा भण्डारण क्षेत्रका कर्मचारीको ३१.२ र शिक्षा क्षेत्रमा २१.१ प्रतिशतले तलब कटौती भएको छ।
विद्युत्, ग्यास तथा पानी व्यवसायका कर्मचारीको २०.६, उत्पादनमुलक उद्योगमा १०.४६ र थोक तथा खुद्रा व्यापारमा १५.४६ प्रतिशतले तलब काटिएको छ।
स्वास्थ्य तथा सामाजिक क्षेत्रमा कार्यरतको तलब ५.४ प्रतिशतले काटिएको छ भने खानी तथा उत्खनन क्षेत्रका कर्मचारीको तलब कटौती भएको छैन।