काठमाडौं– नारायणी डेभलपमेन्ट बैंक समस्याग्रस्तको सूचीबाट हटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार समस्याग्रस्तबाट मुक्त भएको सूचना जारी गरेको हो।
राष्ट्र बैंकले नारायणी बैंक ६ वर्षअघि समस्याग्रस्त बैंकको सूचीमा परेको थियो । राष्ट्र बैंकको साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले समस्याग्रस्त बैंकबाट फुकुवा गरेको राष्ट्र बैंकले जनाएको छ ।
संस्थामा संस्थागत सुशासन नभएको, संस्थाको स्वस्थ बिग्रँदै गएपछि राष्ट्र बैंकले नारायणी बैंकलाई समयाग्रस्त सूचीमा राखेको थियो ।
नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले २०७० चैत २७ गते निक्षेप स्वीकार गर्ने, कर्जा लगानी गर्ने, जमानत प्रदान गर्ने लगायतको कारोबार गर्न नपाउने गरी समस्याग्रस्त घोषणा गरेको थियो। पछिल्लो समयमा संस्थाको स्वास्थ राम्रो हुँदै गएपछि राष्ट्र बैंकले फुकुवा गरेको हो ।