बिहीबार, भदौ ११, २०८३

लकडाउनमा उद्योग/व्यवसायले हटाए २२ प्रतिशत कर्मचारी

लकडाउनको समयमा उद्योग/व्यवसायले २२.५ प्रतिशत कर्मचारी कटौती गरेका छन्।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं– लकडाउनको समयमा उद्योग/व्यवसायले २२.५ प्रतिशत कर्मचारी कटौती गरेका छन्।

नेपाल राष्ट्र बैंकको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी अध्ययन प्रतिवेदन’ अनुसार मुलुकभरका उद्योग व्यवसायले करिब एक चौथाइ कर्मचारी कटौती गरेको पाइएको हो।

यसमा पनि सबैभन्दा धेरै होटल तथा रेष्टुरेन्ट व्यवसायले ४० प्रतिशत कर्मचारी कटौती गरेका छन्। सबैभन्दा कम शिक्षा क्षेत्रबाट ५.६ प्रतिशत कर्मचारी कटौतीमा परेका छन्।

लकडाउनको समयमा पनि निरन्तर सेवा प्रवाह गरिरहेका विद्युत्, ग्यास तथा पानी उद्योगका ३९.७१ र सञ्चार क्षेत्रका २१.३१ प्रतिशत कर्मचारी कटौती भएका छन्।

उत्पादनमुलक उद्योगबाट २३.४९ प्रतिशत, थोक तथा खुद्रा व्यापारबाट २४.८६ र निर्माणबाट २३.६७ कर्मचारी कटौती भएका छन्।

कटौती भएकामध्ये ७०.६ प्रतिशत कर्मचारी अस्थायी वा करारमा कार्यरत थिए।

प्रकाशित: Aug 06, 2020| 13:02 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्