बिहीबार, भदौ ११, २०८३

सुनको मूल्य आज पनि बढ्यो, तोलाको एक लाख दुई हजार ५००

दुई साताभन्दा बढी समयदेखि रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पुनः बढेको छ।
 |  बिहीबार, साउन २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २२, २०७७

काठमाडौं- करिब तीन सातादेखि लगातार बढिरहेको सुनको मूल्य आज पनि उकालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ५०० पुगेको छ। हिजोको तुलनामा यो एक हजार १०० ले बढी हो।

यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार कायम हुँदा चाँदी तोलाको एक हजार ३४५ तोकिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यही साउन ७ गतेयता सुनको मूल्यमा दिनहुँ रेकर्ड कायम भइरहेको छ। उक्त दिन छापावाल सुन तोलाको एक हजार ३०० सय रुपैयाँ बढेर ९४ हजार पुगेको थियो। त्यसयता आठ हजार ८०० रुपैयाँ बढिसकेको छ।

प्रकाशित: Aug 06, 2020| 10:59 बिहीबार, साउन २२, २०७७
प्रतिक्रिया दिनुहोस्