एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाको विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेटर’ बाट हेर्न सकिने व्यवस्था गरेको छ ।
सेवाग्राहीले बैंकको वेबसाइटमा गएर वर्तमान अवस्थामा आफूले उपभोग गर्दै आएको कर्जाको तुलना बैंकले ल्याएको सुपर चमत्कारिक कर्जासँग सजिलै गर्न सक्ने भएका हुन् ।
उपभोग गरिरहेको कर्जाको रकम, ब्याजदर, अवधि आदि क्यालकुलेटरमा चाहिने विवरण भरेपश्चात् सेवाग्राहीले आफ्नो मासिक ब्याजदरमा बचत, किस्ता रकम तथा कुल रकममा बचत हुने रकमको विवरणका साथै त्यसको वार्षिक हिसाबसमेत थाहा पाउन सकिन्छ ।