बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’

गल्फ लुब्रिकेन्ट अब मक्लरेन रेसिङ र मक्लरेन अटोमोटिभको ‘अफिसियल पार्टनर’

 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

गल्फ लुब्रिकेन्टले मक्लरेन रेसिङ र मक्रलेरन अटोमोटिभसँग साझेदारी गरेकाे छ।

यो रणनीतिक साझेदारीले विश्वस्तरीय इन्डष्ट्री एक्सपर्टिज, उत्पादन तथा समान, अत्याधुनिक प्रविधि सबैलाई एकै ठाउँमा ल्याएको कम्पनीले बताएको छ।

कम्पनीका अनुसार ३१ जुलाईबाट सुरु भएको ब्रिटिश ग्य्रान्ड प्रिक्स देखि गल्फ, मक्लेरन रेसिङ र मक्लरेन अटोमोटिभको साझेदारी सबै प्रचार सामग्रीमा प्रयोग गर्न थालिएको छ।

गल्फ नेपालको लोकप्रिय लुब्रिकेन्ट ब्रान्ड हो।

नेपाल ल्युब आयल लिमिटेड नेपालका लागि गल्फ लुब्रिकेन्टको आधिकारिक उत्पादक एवम् विक्रेता हो। मक्लरेनसँगको साझेदारीले नेपालमा समेत गल्फ ब्रान्ड र यसका उत्पादनलाई नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ।

प्रकाशित: Aug 05, 2020| 15:44 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्