बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा एकै दिन २७ कैदीबन्दी, ११ सुरक्षाकर्मीसहित १३२ जनामा कोरोना संक्रमण

पर्सामा एकै दिन २७ कैदीबन्दी, ११ सुरक्षाकर्मीसहित १३२ जनामा कोरोना संक्रमण

पर्सामा बुधबार एकै दिन १३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
 |  बुधबार, साउन २१, २०७७

जियालाल साह

जियालाल साह

बुधबार, साउन २१, २०७७

पर्सा– पर्सामा बुधबार एकै दिन १३२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।

National life

नारायणी अस्पतालको पीसीआर ल्याबको रिपोर्टअनुसार वीरगन्ज कारागारका ६ महिलासहित २७ जना र ११ जना सुरक्षाकर्मीसमेत थप १३२ जनामा कोरोना संक्रमित भएको हो।

याे पर्सामा समुदायस्तरमा फैलिएको कोरोना संक्रमण हालसम्मकै धेरै हो। कारागारमा यसअघि १३ जना संक्रमित थिए।

वीरगन्ज भन्सार कार्यालयमा तैनाथ सशस्त्र प्रहरीका तीन जवानमा संक्रमित देखिएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

संक्रमित हुने अन्य सुरक्षाकर्मीमा नेपाली सेनाका तीन जना र वडा प्रहरी कार्यालय बिर्तामा कार्यरत प्रहरी छन्। यस्तै इलाका प्रहरी कार्यालय प्रसौनीका चारजना प्रहरीमा सं‌क्रमण देखिएकाे छ।

Laxmi sunrise bank
kumari

अन्य संक्रमितमा वीरगन्ज महानगरपालिकाअन्तर्गतका बिर्ता, आदर्शनगर, छपकैया, भिष्वा, उदयपुरघुर्मी, मुर्ली र प्रगतिनगरका छन्।

याे पनि पढ्नुस् :

वीरगन्ज कारागारका जेलरमा पनि कोरोना संक्रमण

प्रकाशित: Aug 05, 2020| 15:00 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।