पर्सा– नेसनल मेडिकल कलेज वीरगन्जमा कार्यरत ४५ वर्षीय पुरूषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।
मधुमेह तथा मुटुको समस्या भएका उनको आज बिहान उपचारको क्रममा मृत्युु भएको नारायणी अस्पतालका डा. निरज सिंहले जानकारी गराए।
नेसनल मेडिकल कलेजमा सोमबार भर्ना भएको उनको मंगलबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो।
मंगलबार राति नै उनलाई अस्थाई कोभिड अस्पताल वीरगन्जमा भर्ना गरिएको थियो।
यसअघि मंगलबार राति १८ वर्षीय युवतीको उपचारका लागि वीरगन्ज ल्याउदै गर्दा मृत्युु भएको थियो। मृतक पर्साको पोखरिया नगरपालिका–९ की युवतीमा पनि कोरोना पोजेटिभ देखिएको छ।
योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ।