बुधबार, भदौ १०, २०८३

बिजुलीको पहुँच ९० प्रतिशत जनसंख्यामा

नेपालको कुल ९० प्रतिशत जनतामा बिजुलीको पहुँच पुगेको छ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- नेपालको कुल ९० प्रतिशत जनतामा बिजुलीको पहुँच पुगेको छ। ऊर्जा मन्त्रालयका अनुसार यो तथ्यांक सोलारसमेतलाई जोड्दा हो।
नेपालमा विद्युत पहुँच प्राप्त घरधुरी संख्या ५० लाख १० हजार पुगेको छ।

मन्त्रालयले थप २ सय ८५ किलोमिटर (सर्किटमा) नयाँ प्रसारण लाइन निर्माण सम्पन्न गरेको छ।

यस्तै गत आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत बढेर २ सय ६० किलोवाट घण्टा पुगेको छ। गत वर्ष थप ३ लाख ३४ हजार घरधुरीमा विद्युत पहुँच विस्तार भएको पनि मन्त्रालयले जनाएको छ।

गत आवमा एक सय ४९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थपिएको छ। योसँगै नेपालको कुल जलविद्युत् जडित क्षमता एक हजार ३ सय ९९ मेगावाट पुगेको छ।

चार सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही ठूला आयोजना निर्माण गत आर्थिक वर्षमै सक्ने लक्ष्य रहेकामा कोभिड–१९ महामारीका कारण त्यसो हुन सकेन।

प्रसारण लाइनको लम्बाइ देशभर कुल चार हजार दुई सय ५१ पुगेको छ। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत थप ५० किलोवाट सौर्य वायु ऊर्जा थप भई कुल ८ सय ६६ किलोवाट पुगेको छ।

यस्तै वर्षभरिमा थप ५२ वटा थप भई संस्थागत तथा सामुदायिक बायोग्यासको संख्या ४ सय १९ पुगेको छ।

गत आर्थिक वर्षमा विद्युत वितरणका लागि २ सय ९० वटा नयाँ शव–स्टेसन निर्माण भएका छन्।

विद्युत चुहावट नियन्त्रणमा पनि उल्लेख्य प्रगति भएको छ।

गत आविमा विद्युत् चुहावट १५.२७ प्रतशितमा सीमित छ। देशभरका १६ वटा जिल्लामा पूर्ण विद्युतीकरण भएको मन्त्रालयको तथ्यांक छ।

 

प्रकाशित: Aug 04, 2020| 16:25 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्