बुधबार, भदौ १०, २०८३

नेपाल बैंकले ८ प्रतिशतमा नै दिने भयो घरकर्जा

नेपाल बैंकले ७.९९ प्रतिशत व्याजदरमा नै घरकर्जा दिने भएको छ । घरकर्जा जम्मा ५ बर्षको लागि मात्र दिइने छ ।
 |  मंगलबार, साउन २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, साउन २०, २०७७

काठमाडौं- नेपाल बैंकले ७.९९ प्रतिशत व्याजदरमा नै घरकर्जा दिने भएको छ । घरकर्जा जम्मा ५ बर्षको लागि मात्र दिइने छ ।

बैंकसँग पर्याप्त तरलता भएका कारण बैंकले घर निर्माण, घर खरिद तथा तला थप गर्न कर्जा दिने बताएको हो । यस प्रकारको कर्जा प्रदान गरिनुका साथै अन्य बैंकमा रहेको घरकर्जा समेत स्वाप गर्ने सुविधा रहेको बैंकले जनाएको छ ।

बैंकका अनुसार यसको अतिरिक्त बैंकले नयाँ लघु उद्यम कर्जा, समृृद्घ व्यवसाय कर्जा र घडेरी कर्जा योजनाहरु समेत सार्वजनिक गरेको छ । लघु उद्यम कर्जा तथा समृद्ध व्यवसाय कर्जाको वार्षिक ब्याजदर ८ दशमलव ९९ प्रतिशत रहेको छ ।

बैंकले नयाँ उद्योग वा ब्यापार व्यवसाय सञ्चालन तथा विस्तारको लागि २५ लाख देखी ९९ लाख रुपैयाँसम्मका लघु उद्यम कर्जा दिने जनाएको छ ।

१ करोड देखी ३ करोड रुपैयाँसम्मको चालु तथा स्थिर पूँजी व्यवस्थापनका लागि कर्जा दिने जनाएको छ ।

दुबै प्रकारका कर्जाहरु अन्तर्गत व्यवसायलाई आवश्यक पर्ने संरचना निर्माण, यन्त्र वा उपकरण, फर्निचर तथा फिक्स्चर्स खरिद गर्न स्थिर पूँजीकर्जा र चालु सम्पत्ती व्यवस्थापनको लागि चालु पूँजिकर्जा प्रदान गर्न सकिनेछ ।

लघु उद्यम कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेकोे ७ कार्य दिन भित्र निर्णय गरी प्रदान गर्न सकिने बैंकले जारी गरेको छ ।

त्यस्तै बैंकले घडेरी किन्ने ग्राहकलाई लक्षित गरी घडेरी कर्जा पनि सन्चालन ल्याएको छ । त्यस्तो प्रकृतिको कर्जा वार्षिक ९.९९ प्रतिशत रहेको छ ।

यस कर्जा अन्तर्गत खरिद गरिने घडेरी जग्गा कम्तिमा साढे दुई आना वा साढे चार धुर देखी बढीमा एक रोपनी वा डेढ कट्ठा सम्म क्षेत्रफल भएको हुनुपर्नेछ । यो कर्जाको अबधि ५ बर्ष देखी २० वर्ष सम्म कायम गरिएको छ ।

प्रकाशित: Aug 04, 2020| 12:15 मंगलबार, साउन २०, २०७७
प्रतिक्रिया दिनुहोस्