बुधबार, भदौ १०, २०८३

आइतबार ४२ अंकले घटेको नेप्से सोमबार ७.५९ अंकले उकालो

आइतबार ४२ अंकभन्दा तल गएको सेयर बजार परिसूचक (नेप्से) सोमबार ७.५९ अंकले उकालो लागेर १४०३.८६ अंकमा रोकिएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– आइतबार ४२ अंकभन्दा तल गएको सेयर बजार परिसूचक (नेप्से) सोमबार ७.५९ अंकले उकालो लागेर १४०३.८६ अंकमा रोकिएको छ।

आज जलविद्युत्, फाइनान्स र म्याचुअल फण्डबाहेक सबै समूहगत परिसूचक उकालो लागेको छ।

सोमबार १९० कम्पनीको ५३ लाख ४२ हजार ८५१ कित्ता सेयर १ अर्ब २९ करोड २ लाख ५२ हजार २१३ रुपैयाँमा कारोबार भयो।

बैंकिङ समूह ७.०५, होटल ३३.७७, विकास बैंक ६.२४, निर्जीवन बीमा ४६.७१, माइक्रोफाइनान्स १५.७३ र जीवन बीमा समूहको उपसूचक ५८.७४ अंकले बढेको छ।

यस्तै सोमबार सबैभन्दा बढी कारोबार हुने कम्पनीमा प्रभु बैंकको संस्थापक सेयर भएको छ। बैंकको संस्थापक सेयर ३४ करोड २९ लाख ६० हजार ५०० रुपैयाँ बराबरको किनबेच भएको छ।

त्यस्तै नेपाल पुनर्बिमा कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स पनि आज सार्वधिक कारोबार हुने कम्पनी बनेका छन्।

सोमबार सबैभन्दा बढी अजोड इन्स्यारेन्सका लगानीकर्ता कमाएका छन्। अजोडको मूल्य १० प्रतिशतले बढेको छ भने आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, नेपाल फाइनान्स लगायतका कम्पनीका लगानीकर्ताले पनि कमाएका छन्।

त्यस्तै आज दिव्यश्वरी हाईड्रोपावर, यूनियन हाईड्रोपावर, जोशी हाईड्रोपावरका लगानीकर्ता गुमाएका छन्।

 

प्रकाशित: Aug 03, 2020| 16:25 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्