काठमाडौं- पछिल्ला केही दिनयता कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ४१८ जना संक्रमित थपिएका छन्। योसहित देशभर कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। अघिल्लो दिन देशभर २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
हाल देशमा सक्रिय संक्रमितको संख्या ५ हजार ७३२ रहेको छ भने देशभरका क्वारेन्टिनमा १० हजार ४५२ जना रहेका छन् भने देशभरबाट संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या १४ हजार ९६१ पुगेको छ।
अहिलेसम्म कुल ४ लाख ९८ हजार ९०७ जनाको पीसीआर परीक्षण गरिएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमण भएकामध्ये हाल २६.७ प्रतिशत सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २९० जना, २ मा २३५७, बागमतीमा ६५१, गण्डकीमा २७२, प्रदेश ५ मा ३१५, कर्णालीमा २९८ र सुदूरपश्चिममा १५४९ जना सक्रिय संक्रमित छन्।
देशभर कुल २० हजार ७५० जनामा संक्रमण भएकोमा अहिले ५ हजार ७३२ जना सक्रिय संक्रमित छन्। यस्तै १४ हजार ९६१ जना काेराेनामुक्त भएका छन्। याे कुल संक्रमितकाे ७२.६ प्रतिशत हाे।
यस्ते काेराेनाबाट ५७ जनाकाे निधन भएकाे छ। याे कुल संक्रमितकाे ०.२८ प्रतिशत हाे।
प्रदेश १ मा २९०, प्रदेश २ मा दुई हजार ३५७ जना, बागमतीमा ६५१ जना र गण्डकीमा २७२ जना सक्रिय संक्रमित छन्।
यसैगरी प्रदेश ५ मा ३२५ जना, कर्णाली प्रदेशमा २९८ जना र सुदूरपश्चिम प्रदेशमा एक हजार ५४९ सक्रिय संक्रमित रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।