बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • वाणिज्य बैंकहरुको ऋण प्रवाह बढ्यो, एक सातामै ४७ अर्ब लगानी

वाणिज्य बैंकहरुको ऋण प्रवाह बढ्यो, एक सातामै ४७ अर्ब लगानी

काठमाडौं– उद्योगी–व्यवसायीहरुले ऋण लिन सुरु गरेको र वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेकोले बजार सहज बन्न थालेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं– उद्योगी–व्यवसायीहरुले ऋण लिन सुरु गरेको र वाणिज्य बैंकहरुको कर्जा प्रवाह बढेकोले बजार सहज बन्न थालेको नेपाल बैंकर्स एसोसिएसनले जनाएको छ।

एक साता अघिसम्म बजारमा तरलता पर्याप्त रहेको भन्दै बैंकहरुले कर्जाको ब्याजदर घटाएर ऋण प्रवाहका लागि नयाँ नयाँ स्किम ल्याएका थिए ।

कर्जाको ब्याज घटाएसँगै वाणिज्य बैंकहरुको ऋण प्रवाह बढ्न थालेको छ । एक हप्तामा नै वाणिज्य बैंकहरुले ४७ अर्ब ऋण विभिन्न क्षेत्रमा प्रवाह गरिसकेको बैंकर्स संघले बताएको छ। साउन ९ गतेसम्म बैंकहरुको कर्जा प्रवाह भएको थिएन । उल्टै ऋणीहरुले असारपछि १० अर्ब ऋण तिरेका थिए । तर, सरकारले साउन ७ गतेदेखि पूर्ण रुपमा लकडाउन खुला गरेपछि बैंकबाट प्रवाह हुने ऋण बढ्न थालेको हो ।

बैंकर्स एसोसिएसनका अनुसार साउन ९ गतेसम्म वाणिज्य बैंकहरुको कर्जा प्रवाह भएको थिएन । उल्टै १० अर्बभन्दा बढी ऋणीहरुले ऋण तिरेका थिए ।

असार मसान्तसम्ममा वाणिज्य बैंकहरुको कर्जा २९ खर्ब ३ अर्ब रहेकोमा साउन ९ गते २९ खर्ब १३ अर्ब ६१ करोड रुपैयाँ पुगेको थियो । तर, गत हप्ता भने कर्जा विस्तार तीव्र गतिमा भएको तथ्यांक छ ।

नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार सरकारले लकडाउन खुलाएसँगै उद्योगधन्दा र बजार पूर्ण रुपले खुल्दा कर्जा प्रवाहमा पनि तिव्रता आएको हो । साउन ९ गते २९ खर्ब १३ अर्ब ६१ करोड रहेको कर्जा घटेर गत शुक्रबार २८ खर्ब ६६ अर्ब ५ करोडमा पुगेको छ ।

त्यस्तै कर्जा विस्तार हुँदा कर्जाःनिक्षेप अनुपात (सीसीडी रेसियो) ७२.०५ प्रतिशतमा पुगिसकेको छ । अघिल्लो हप्ता यस्तो अनुपात ६९.८२ प्रतिशत थियो । सामान्यतया सीसीडी रेसियो बढ्दा ऋण प्रवाह बढ्ने गरेको छ ।

त्यस्तै गत हप्ता वाणिज्य बैंकहरुको निक्षेपमा पनि ६१ अर्ब रुपैयाँले वृद्धि भएको छ । गत साउन ९ गते वाणिज्य बैंकहरुको निक्षेप ३४ खर्ब २६ अर्ब ९७ करोड रहेकोमा साउन १६ गते ३४ खर्ब ८७ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ।

प्रकाशित: Aug 03, 2020| 16:00 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्