बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पीपीई सहयोग

नेपाली ब्रान्ड सोनमद्वारा गंगालाल अस्पताललाई पीपीई सहयोग

 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

नेपालको रिटेल तथा म्यानुफ्याक्चरिङ ब्रान्ड सोनम गियर्सले बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई थान व्यक्तिगत सुरक्षाकवच (पीपीई सेट) सहयोग गरेको छ । कम्पनीका संस्थापक तथा सीईओ टासी चोम्बे नेपालीले अस्पतालका अधिकारीलाई उक्त पीपीई सेट हस्तान्तण गरेका हुन् । 

कम्पनीले आफ्नै कारखानामा उत्पादित पीपीई सेट अस्पताललाई दिएको हो । ‘नेपाली ब्रान्ड भएको नाताले यो कठिन घडीमा समुदायका लागि केही योगदान गर्नु हाम्रो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतको कर्तव्य हो,’ सीईओ टासीले भने ।

यसबाट कोभिड १९ को महामारीबीच आफ्नो कर्तव्य निर्वाह गर्न उक्त संस्थाका स्वास्थ्यकर्मीलाई थोरै भए पनि योगदान पुग्ने कम्पनीको विश्वास छ । यसअघि कम्पनीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालस्थित मनमोहन कार्डिओथोरासिस भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलाई पनि सयथान पीपीई सेट सहयोग गरेको थियो ।

प्रकाशित: Aug 03, 2020| 13:09 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्