बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा चार सुरक्षाकर्मीसहित थप ७० जनामा कोरोना संक्रमण

पर्सामा चार सुरक्षाकर्मीसहित थप ७० जनामा कोरोना संक्रमण

पर्सामा साेमबार बिहान थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। संक्रमितमा चार सुरक्षाकर्मी र १२ महिला छन्।
 |  सोमबार, साउन १९, २०७७

जियालाल साह

जियालाल साह

सोमबार, साउन १९, २०७७

पर्सा- पर्सामा साेमबार बिहान थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। संक्रमितमा चार सुरक्षाकर्मी र १२ महिला छन्।

National life

नारायणी अस्पतालको पीसीआर ल्याबले सोमबार बिहान २ बजे उपलब्ध गराएको विवरणअनुसार संक्रमित सुरक्षाकर्मीमा जिल्ला प्रहरी कार्यालय पर्साका दुई, श्रीपुर वडा प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी र एक नेपाली सैनिक छन्।

टोलटोलमै गएर परीक्षण गर्न थालेपछि समुदायमा रहेका संक्रमित फेला पर्न थालेको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए।

नयाँ संक्रमितमध्ये सबैभन्दा धेरै वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका ४१ जना छन्। संक्रमितमा १० वर्षीया बालिका र ७७ वर्षसम्मका वृद्ध छन्। श्रीपुरमै आइतबार २७ जना संक्रमित थपिएका थिए।

पछिल्लोपटक संक्रमित हुनेमा वीरगन्ज महानगरपालिका ९ घडिअर्वा र गोश्वरा रोड टोलका सात जना, श्रीपुर १२ का तीन जना, घडिअर्वा १० का दुई जना, सखुवा प्रसौनि गाउँपालिका ४ का दुई जना छन्।

Laxmi sunrise bank
kumari

अन्य संक्रमितमाम वीरगन्ज महानगरपालिका भिष्वा, बिर्ता, पानगली, राधेमाइ, गहवा, मुर्ली बगैंचा, सेढवाका एक एक जना छन्। यस्तै ग्रामीण भेगका टिहुकी र भारतको पूर्वी चम्पारण सोतबरियाका एकएक जनामा संक्रमण पुष्टि भएको हो।

वीरगन्जमा यसअघि मुख्य सडकको वडा नम्बर ६ मेनरोड, लोहारपट्टी, वडा नम्बर ८ गहवामा धेरै संक्रमित फेला परेका थिए। दुई दिनयता श्रीपुरमा समेत संक्रमितको संख्या थपिएको छ।

यस्तै इटयाही ५ बाराका दुई जना र महागढीमाई नगरपालिका ७ का एकजनाको पीसीआर पोजेटिभ आएको छ।

प्रकाशित: Aug 03, 2020| 09:23 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।