काठमाडौं– आईएमई ग्रुपद्वारा प्रवर्द्धित आईएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ।
सम्झौताअनुसार मुक्तिनाथ क्यापिटल लिमिटेडका सेवाग्राहीले डीम्याट र मेरो शेयर नवीकरण शुल्क आईएमई पे वालेटमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्।
सम्झौतापत्रमा मुक्तिनाथ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कवीन्द्र जोशी र आइर्एमई पेका बजार व्यवस्थापन प्रमुख गुण श्रेष्ठले हस्ताक्षर गरेका छन्।
करिब २५ हजार एजेण्ट आउटलेट सञ्जाल भएको ‘आईएमई पे’ डिजिटल वित्तीय सेवा प्रदायक कम्पनी हो।