काठमाडौं । साताको पहिलो दिन सेयर बजार परिसुचक (नेप्से) ४२.७८ अंकले घटेर १३९६.२८अंकमा अडिएको छ ।
यसदिन सम्पुर्ण समुहगत परिसुचक घटेको छ । बजार घट्दा पनि ५ वटा कम्पनीको मुल्य बढेको छ । आरम्भ चौतारी लघुवित्त, अजोड इन्स्योरेन्स, नेपाल फाइनान्स, छ्याङ्दी हाइड्रोपावर र आँखुखोला जलविद्युतको मूल्य बढेर कारोबार भएको थियो ।
यसदिन सवैभन्दा बढी मुल्य ओरालो लाग्ने कम्पनीहमा जोशी हाइड्रोपावर रहेको छ । आइतबार नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनीको २२ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर खरिद विक्रि भएको छ ।
त्यसैगरी सवैभन्दा बढी कारोबार हुने दोस्रो कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको नेप्सेले जनाएको छ । सो कम्पनीको १४ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार दिनभर १८९ कम्पनीका १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।