बुधबार, भदौ १०, २०८३

सोसल मिडियाबाट कसैले पैसा मागे नदिनु : बैंकर्स संघ

काठमाडौं– नेपाल बैंकर्स संघले सोसल मिडियामा प्राप्त भएको अनुरोधका आधारमा कसैलाई पनि रकम नदिन आग्रह गरेको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं– नेपाल बैंकर्स संघले सोसल मिडियामा प्राप्त भएको अनुरोधका आधारमा कसैलाई पनि रकम नदिन आग्रह गरेको छ।

संघले आज आइतबार सूचना जारी गरी पछिल्लो समय विभिन्न सोसल मिडिया प्रयोग गरी नक्कली अकाउन्ट बनाएर पैसा माग्ने काम भएको भन्दै जुनसुकै एकाउन्ट वा सोसल मिडियामार्फत् रकम माग आएमा नदिन आग्रह गरेको हो ।

केही दिनअगाडि सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङको नाममा नक्कली अकाउन्ट खोली विभिन्न मानिसहरुसँग रकम माग गरिएको थियो । तत्काल सो जानकारी पाएपछि उनले प्रहरीमा उजुरी दिएका थिए ।

संघले कतिपय अवस्थामा अनधिकृत अकाउन्टहरु छुट्याउन गाह्रो हुने भएकोले सम्बन्धित व्यक्ति वा कम्पनीसँग प्रत्यक्ष रुपमा यकिन गरिसकेपछि मात्र कुनै पनि प्रकारको आर्थिक क्रियाकलाप गर्न आग्रह गरेको छ ।

त्यस्तै संघले आफ्नो खाता सम्बन्धी विवरण, पिन नम्बर, मोबाइल–इन्टरनेट बैंकिङ सम्बन्धी विवरणहरु कसैसँग पनि सेयर नगर्न पनि आग्रह गरेको छ ।

 

प्रकाशित: Aug 02, 2020| 15:49 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्