बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंक अफ काठमाण्डू लिमिटेड कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

बैंक अफ काठमाण्डू लिमिटेड कर्मचारी संघद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई रु. दुई लाख ५१ हजार सहयोग हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको प्रयासका लागि अग्रस्थानमा रहि नेपाल भित्र नै व्यक्तिगत सुरक्षात्मक उपकरण उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई बैंकको कर्मचारी संघद्वारा वित्तिय सहयोग हस्तान्तरण गरेको हो ।

आविष्कारको क्षेत्रमा ठूलो योगदान गर्दै विभिन्न सामाजिक कार्यमा तल्लीन रहेका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आईरहेका छन्। बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई एक समारोहको बिच उक्त सहयोग हस्तान्तरण गरेका हुन्।

प्रकाशित: Aug 02, 2020| 13:28 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्