बुधबार, भदौ १०, २०८३

सुनको मूल्यमा आज पुनः रेकर्ड, तोलाको ९९,६००

यही साउन ७ गतेदेखि रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पुनः उच्च विन्दुमा कारोबार भइरहेको छ।
 |  आइतबार, साउन १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन १८, २०७७

काठमाडौं- साउन ७ गतेदेखि रेकर्ड कायम भइरहेको सुनको मूल्य आज पुनः उच्च विन्दुमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ बढेर ९९ हजार ६०० रुपैयाँ कायम भएको छ। हिजो यसको मूल्य ९९ हजार ३०० रुपैयाँ तोकिएको थियो।

यस्तै, तेजाबी सुन प्रतितोला ९९ हजार १६० रुपैयाँ निर्धारण गरिएको छ। चाँदी प्रतितोला एक हजार २३० रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

गत साउन ७ गते छापावाल सुन प्रतितोला १३ सय रुपैयाँ बढेर ९४ हजार रुपैयाँ कायम भएको थियो। त्यसयता सुनको मूल्य निरन्तर उकालो लागेको छ।

प्रकाशित: Aug 02, 2020| 11:15 आइतबार, साउन १८, २०७७
प्रतिक्रिया दिनुहोस्