बुधबार, भदौ १०, २०८३

सभामुखको निवासका प्रहरी कर्मचारीमा कोरोना पुष्टि

सभामुख अग्नी प्रसाद सापकोटाको निवासमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- सभामुख अग्नी प्रसाद सापकोटाको निवासमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

सभामुखको सापकोटाको अगुवा गाडी चालक प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रहरी प्रधान कार्यालयमा दरबन्दी रहेका उनको बिहीबार कोरोना परीक्षण गरिएको थियो।

प्रहरी प्रधान कार्यालयमा कार्यरत ठूलो संख्यामा प्रहरीहरुमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङको आधारमा सभामुखको निवासमा कार्यरत रहेका उनको पनि कोरोना परीक्षण गरिएको थियो।

ती प्रहरी कर्मचारीमा कोरोना देखिएपछि उनको सम्पर्कमा रहेका अन्य प्रहरीको पनि पीसीआर परीक्षण गर्न लागिएको छ।

प्रकाशित: Aug 01, 2020| 14:06 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।