बुधबार, भदौ १०, २०८३

ट्यांकरमा करेन्ट प्रवाह हुँदा एकको मृत्यु

नेपालगन्जमा पार्किङमा राखिएको ट्यांकरमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

नेपालगन्ज- नेपालगन्जमा पार्किङमा राखिएको ट्यांकरमा करेन्ट प्रवाह हुँदा एक जनाको मृत्यु भएको छ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगन्जमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने ना४ख २६५१ नंको ट्यांकरमा सहचालकका रुपमा कार्यरत बारा जितपुर सिमरा नगरपालिका निवासी २२ वर्षीय राज थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए।

उनका अनुसार शुक्रबार राति ८ः०० बजेतिर करेन्ट लागेर गम्भीर घाइते भएका थापामगरको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो।

ट्यांकरको छतमा उभिएर विद्युत्को तार पन्छाउने क्रममा थापामगरलाई करेन्ट लागेको थियो। मृतकको शवपरीक्षणका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपो नेपालगन्जको ट्यांकर पार्किङस्थल सञ्चालनमा नआउँदा सडकमै ट्यांकर राख्ने गरिएको छ।

नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोका प्रबन्धक नवविनोद पोखरेलले बन्दाबन्दीका कारण पार्किङ निर्माणमा ढिलाइ भएको बताए। नेपाल आयल निगम लिमिटेड, इन्धन डिपोमा पेट्रोलियम पदार्थ ढुवानी गर्ने १५० ट्यांकर छन्।

कोरोना महामारीले सार्वजनिक सवारीसाधन सञ्चालन नभएका कारण पेट्रोलियम पदार्थ खपत कमी भएकाले अहिले धेरैजसो ट्यांकर पार्किङमा हुने हुँदा समस्या देखिएको प्रबन्धक पोखरेलले बताए। रासस

प्रकाशित: Aug 01, 2020| 12:29 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।