बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा एक सांसद, ४१ स्वास्थ्यकर्मीसहित कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

पर्सामा एक सांसद, ४१ स्वास्थ्यकर्मीसहित कोरोना संक्रमितको संख्या ४४४ पुग्यो

पर्सामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

पर्सा- पर्सामा अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ४४४ पुगेको छ।

संक्रमित हुनेमा एक सांसद, ४१ जना स्वास्थ्यकर्मी र १५ जना भारतीय छन्।

यस्तै आठ सुरक्षाकर्मी, दुई पत्रकार, दुई जना एम्बुलेन्स चालक, आठ जना अस्पताल सफाइकर्मी तथा १५ जना कैदी र थुनुवामा कोरोना भाइरस संक्रमण भएको छ।

पीसीआर परीक्षणका लागि एक लाख चार हजार १३९ जनाको स्वाब संकलन गरिएको छ।

तीमध्ये ११ हजार १९० जनाको रिपोर्ट आउन बाँकी छ। शुक्रबार राति मात्र ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। तीमध्ये तीन महिला छन्।

शुक्रबार अस्पतालबाट निको भई घर फर्कनेको संख्या १८ थियो। पर्सामा हालसम्म कोराना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ।

प्रकाशित: Aug 01, 2020| 11:35 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।