बुधबार, भदौ १०, २०८३

पार्टीभित्रको विवाद पद प्राप्तिका लागि होइन : दाहाल

‘पदका लागि कुनै पनि हालतमा होइन। पार्टीलाई कसरी अगाडि बढाउने, विचार विधि, पद्धति कस्ता हुन आवश्यक छ भनेर आधारित बहस हो।’
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं- सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र सुरु भएको अहिलेको बहस र विवाद पद प्राप्तिका लागि नभई विचार, विधि र पद्धतिका लागि भएको बताएका छन्।

तुलसीलाल अमात्यको २३ औं स्मृृति दिवसका अवसरमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले पद प्राप्ति गर्नका लागि विवाद चलेको भनेर बाहिर गरिएको प्रचार गलत भएको स्पष्ट पारेका हुन्।

‘अहिले प्रतिक्रियावादीहरुले पद प्राप्त गर्नकै लागि विवाद र बहस भइरहेको भन्ने प्रचार गर्न खोजिरहेका छन्,’ उनले भने, ‘पदका लागि कुनै पनि हालतमा होइन। पार्टीलाई कसरी अगाडि बढाउने, विचार विधि, पद्धति कस्ता हुन आवश्यक छ भनेर आधारित बहस हो।’

उनले पद ठूलो विषय नभएको भन्दै पार्टी एकताको रक्षा कसरी गर्ने, सुदृढ गरेर कसरी अगाडि लैजाने भन्ने नै चिन्ताको विषय भएको बताए।

‘कम्युनिस्ट पार्टीभित्र जति बहस र छलफल हुन्छ, त्यति नै मजबुत भएर जान्छ,’ उनले भने, ‘यसो गर्दा विरोधीलाई लाग्छ कि यो पार्टी अब फुट्छ।’

दाहालले अहिलेको पार्टीभित्र भइरहेको बहसले एकतालाई अझ सुदृढ गरेर लैजाने दावी गरे। पार्टी विभाजित नहोस् भन्ने नेता कार्यकर्ता सबैको चाहना रहेको भन्दै उनले उक्त विषय नेतृत्वको हैसियतले सबैले बुझेको बताए।

‘पार्टी एकताबद्ध रहन्छ कि रहँदैन भन्ने प्रश्न उठेको छ। पार्टीको भविष्य के हुन्छ भन्ने सबैको चिन्ता र चासो छ,’ उनले भने।

 

प्रकाशित: Aug 01, 2020| 11:15 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।