बुधबार, भदौ १०, २०८३

डडेलधुरामा हाइस दुर्घटनामा १७ घाइते

डडेलधुरामा हाइस दुर्घटनामा १७ जना घाइते भएका छन्। जिल्लाको आलिताल गाउँपालिका १, घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको हो।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

धनगढी- डडेलधुरामा हाइस दुर्घटनामा १७ जना घाइते भएका छन्। जिल्लाको आलिताल गाउँपालिका १, घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको हो।

भारतबाट फर्किएकाहरुलाई धनगढीदेखि बझाङतर्फ लैजादै गरेको सु.प.प्र.०१–००१–ख २३२३ नम्बरको हाइस आज बिहान करिव ३ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी कैलालीको गोदावरी नगरपालिका६, का २५ वर्षीय शिवराज फुलारा, बझाङको तलकोट गाउँपालिका२, का ३० वर्षीय हिमाल माझी, २३ वर्षीय सुशीला धामी, ६० वर्षीय हिमकला रोकाया, २६ वर्षीय भक्त रोकाया, १८ वर्षीय दीपेन्द्र कुँवर, १८ वर्षीय अशोक कुँवर, ३५ वर्षीय मीनबहादुर कुँवर, ४६ वर्षीय गोरख कुँवर र ४२ वर्षीय गंग कुँवर घाइते भएका छन्।

यस्तै, बझाङको तलकोट गाउँपालिका२, का २४ वर्षीय अमृत धमेना, २६ वर्षीय वीरेन्द्र धामी, १८ वर्षीय रोशन कुँवर, २३ वर्षीय देव कुँवर, १८ वर्षीय जोवन धमेना, ७ वर्षीय पवन धामी र ६ वर्षीय अनुप रोकाया दुर्घटनामा परेर घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेमध्ये माझी र फुलारालाई उपचारको लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, डडेलधुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

अन्यको भने डडेलधुरास्थित डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक न्यौपानेले बताए।

 

प्रकाशित: Aug 01, 2020| 10:48 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।