बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हरेक सार्वजनिक स्थलमा स्तनपान कक्ष आवश्यक छ : स्वास्थ्यमन्त्री ढकाल

हरेक सार्वजनिक स्थलमा स्तनपान कक्ष आवश्यक छ : स्वास्थ्यमन्त्री ढकाल

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्तनपान गराइरहेकी कामकाजी आमालाई स्तनपानमैत्री वातावरण सिर्जना गरी सहयोग गर्न सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गरेका छन्।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्तनपान गराइरहेकी कामकाजी आमालाई स्तनपानमैत्री वातावरण सिर्जना गरी सहयोग गर्न सरकारी तथा गैरसरकारी निकायलाई अनुरोध गरेका छन्।

विश्व स्तनपान सप्ताह, २०७७ को अवसरमा सन्देश दिँदै स्वास्थ्यमन्त्री ढकालले सेवाग्राहीको भीडभाड हुने सार्वजनिक स्थलमा स्तनपान कक्षको स्थापना गर्न सरोकारवालासमक्ष अनुरोध गरेका हुन्।

सरकारले सबै प्रकारका कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गर्दै आइरहेको भन्दै उनले हरेक स्थानीय तहमा स्तनपान कक्षको स्थापना गरिएको जानकारी दिए।

‘कुपोषणको समस्या समाधान गर्दै स्वस्थ मानव पूँजीको विकासमार्फत समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा सबै जनाले आ–आफ्नो स्थानबाट सहयोग गर्न पनि अपिल गर्दछु,’ उनले सन्देशमा भनेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा धेरैजसो आन्तरिक विमानस्थलमा स्तनपान कक्षको स्थापना भएको र नभएका विमानस्थलमा स्थापना हुने क्रममा रहेको स्वास्थ्यमन्त्री ढकालको भनाइ छ।

सेवाग्राहीको भीड हुने सरकारी कार्यालय, बसपार्कमा पनि स्तनपान कक्ष स्थापना भइरहेको उनले बताएका छन्।

स्तनपान सम्बन्धी सिफारिस गरिएका अन्य व्यवहार जस्तैः समयमै स्तनपानको सुरुवात, ६ महिनासम्म पूर्ण स्तनपान र कम्तिमा २ बर्षसम्म थप खानाका साथै स्तनपानलाई निरन्तरता दिनेको संख्यामा भने अझै धेरै सुधार गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको भनाइ छ।

स्वास्थ्यमन्त्रीका अनुसार अस्पतालमा स्तनपानलाई प्रबद्र्धन गर्न तथा बट्टाको दूधलाई निरुत्साहित गर्न मातृ, शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने अभियान पनि विस्तार भइरहेको छ।

‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ आजदेखि २३ गतेसम्म विश्व स्तनपान सप्ताह २०७७ मनाइँदैछ।

स्तनपान संरक्षण तथा सम्बद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि हरेक वर्ष संसारभर अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाइँदै आएको छ।

प्रकाशित: Aug 01, 2020| 09:18 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।