बुधबार, भदौ १०, २०८३

नेपाली गीतमा रम्दै एलेक्सबहादुर

शिरमा ढाका टोपी लगाएर उनी कम्मरमा गितार बोक्छन्। साँझबिहान फेवाताल आसपासमा सुरिलो आवाजसहित नेपाली गीतमा गुन्जिरहेका हुन्छन् उनी।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

वास्तविक नाम एलेक्स जेन्डर स्लोकुम। केही वर्षअघि बेलायतबाट पर्यटकका रूपमा आएका ३९ वर्षीय एलेक्सलाई नेपालको प्राकृतिक सम्पदा र मनोरम वातावरणले आकर्षित गर्यो।

हरिया पहाड, सेता हिमाल, निर्मल ताल, चराचुरुंगीको लवज, सारंगीको मिठो धुनको लयमा भुल्दै गए उनी। बिस्तारै उनको मुखमा झुन्डिन थाल्यो– ‘यो मन त मेरो नेपाली हो।’

यतिबेला यिनी नेपाली परिवेशमा औधी भिजेका छन्। उनले नाम परिवर्तन गरे एलेक्सबहादुर नेपाली। नेपाली भाषा सिक्दै छन् भने एलेक्सले नेपाली नागरिकता लिइसकेका छन्।

शिरमा ढाका टोपी लगाएर उनी कम्मरमा गितार बोक्छन्। साँझबिहान फेवाताल आसपासमा सुरिलो आवाजसहित नेपाली गीतमा गुन्जिरहेका हुन्छन् उनी।

एलेक्स भन्छन्, ‘नेपाली गीतसंगीतमा आफ्नोपन छ। मन स्पर्श गर्छ। गीतसँगीतसँगै प्रकृति नै रमाइरहेको आभास हुन्छ।’ उनी नेपाली गीतसंगीतको श्रीवृद्धिमा सक्रिय छन्।

उनले विभिन्न देशका प्रमुख सहरमा पुगेर नेपाली गीत गाएका छन्। विदेशमा जाँदा सर्जक बुद्धि परियारको ‘रेशम फिरीरी’ र १९७४ एडी ब्यान्डको ‘यो मन त मेरो नेपाली हो’ बोलको गीत गाउँछन्। विदेशी दर्शकश्रोताले नेपाली गीतसंगीत ज्यादै मन पराउने उनको अनुभव छ।

सञ्जय श्रेष्ठको ‘माया मेरी माया’ बाट नेपाली गीत गाउन सुरु गरेका एलेक्सले विदेशमा हालसम्म १३ वटा नेपाली गीत गाएका छन्।

उनी नेपालका प्राकृतिक सम्पदा मात्र होइन, गीतसंगीतले पनि धेरै पर्यटकलाई आकर्षित गर्ने बताउँछन्।

नेपाली सांगीतिक वातावरणमा रम्न मन पर्ने उनी बताउँछन्। उसो त विदेश जाँदा उनी आफूलाई नेपाली नै भनेर चिनाउँछन्।

नेपालप्रेमी एलेक्सले छुट्टिने बेलामा भने, नमस्कार, जय नेपाल!

 

प्रकाशित: Aug 01, 2020| 07:22 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।