बुधबार, भदौ १०, २०८३

बाढीपहिरोबाट एकैदिन ८ जनाको मृत्यु, ४ बेपत्ता

हिजो शुक्रबार देशका विभिन्न जिल्लामा भएका प्राकृतिक विपतका घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

हिजो शुक्रबार देशका विभिन्न जिल्लामा भएका प्राकृतिक विपतका घटनामा ८ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

गुल्मीमा पाखोबाट खसेको ढुंगाले घर पुरिँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ। त्यसैगरी कालिकोट र कैलालीमा दुई–दुई जनाको मृत्यु भएको छ।

रूपन्देहीमा दुई तथा रुकुम पश्चिम र जाजरकोटमा एक–एक जना बेपत्ता भएका छन् ।

शुक्रबार साँझ पाखोबाट खसेको ढुंगाले गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ आटीपाटाका राजु माझीको घर भत्किँदा उनकी पत्नी ३० वर्षीया विना, छोराहरू १० वर्षका सागर र सात वर्षका हेमन्त तथा १० महिनाकी छोरी विनिताको मृत्यु भएको छ।

साँझ करिब आठ बजेतिर विनाले खाना पकाउने तयारी गरिरहेका बेला घरमाथिको पाखोबाट ठूलो ढुंगा खसेको थियो । ढुंगाले घर किच्दा घरभित्र रहेका आमासहित दुई छोरा र एक नाबालक छोरीको मृत्यु भएको हो। राजु भने रोजगारीका सिलसिलामा विदेशमा छन् ।

उता, कालिकोटको पलाँता गाउँपालिका–८ दाम्रीमा कुलो मर्मत गर्ने क्रममा खसेको पहिरोमा पुरिएर २४ वर्षीय कमल रोकायको मृत्यु भएको छ । ६० वर्षीय पुन्न रोकाय र २६ वर्षीय नैन रोकाय घाइते भएका छन् ।

त्यस्तै, रास्कोट नगरपालिका– १ चडिपानीकी ६० वर्षीया घन्टी भण्डारीको घाँस काट्न जंगल गएको वेला खसेको पहिरोमा पुरिएर मृत्यु भएको छ।

कैलालीमा बुधबार बाढीले बगाएका दुई जनाको शव भेटिएको छ । भजनी नगरपालिका–८, काँढाका ४० वर्षीय ईश्वर शाह र ३३ वर्षीय चक्र विकको शव शुक्रबार दिउँसो फेला परेको हो। उनीहरू बुधबार बिहान हुलाकी राजमार्गमा आएको बाढीमा बगेका थिए ।

यस्तै, रूपन्देहीको तिनाउ खोलामा बगेर शुक्रबार दिउँसो दुई बालिका बेपत्ता भएका छन् । बुटवल उपमहानगरपालिका–११ झोलुंगेपुलस्थित तिनाउ नदीमा पौडी खेल्ने क्रममा स्थानीय १९ वर्षीय हरि दर्जी बगेका छन्। शुक्रबार नै रूपन्देहीकै सियरी गाउँपालिका–३ जगहताका गोपालमणि चौधरीकी छोरी ६ वर्षीया ज्योति चौधरी नुहाउने क्रममा डुबेर बेपत्ता भएकी छिन् । बाख्रा चराउन गएको वेला तिनाउ खोलामा नुहाउने क्रममा बगेको प्रहरीले जनाएको छ।

शुक्रबार नै रुकुम पश्चिमको सानीभेरी नदीमा बगेर सानीभेरी गाउँपालिका–९, राङजाका १२ वर्षीय जनार्दन खड्का बेपत्ता भएका छन् । पौडी खेल्ने क्रममा उनलाई बाढीले बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै, जाजरकोटको भेरी नगरपालिका–७ दोकानामा शुक्रबार खसेको पहिरोमा पुरिएर स्थानीय १२ वर्षीय खिमबहादुर परियार बेपत्ता भएका छन् । पहिरोमा च्यापिएर अर्का १२ वर्षीय प्रदीप विक घाइते भएका छन्।

प्रकाशित: Aug 01, 2020| 06:13 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।