बुधबार, भदौ १०, २०८३

प्रधानमन्त्री ओलीले दिए बकर ईदको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गरेका छन्।
 |  शनिबार, साउन १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन १७, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीहरुको महान पर्व बकर ईद (ईदुल जोहा)का अवसरमा शुभकामना व्यक्त गरेका छन्।

उनले स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गरेका छन्।

आज शुभकामना सन्देश दिँदै उनले विविधता बीचको एकता मौलिक पूँजी भएको र यसका माध्यमबाट देशलाई विकास र समृद्धिमा नयाँ उचाइमा पुर्याउनुपर्ने उल्लेख गरेका छन्।

“मुस्लिम समुदायको यस पर्वले नेपालीहरुबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने छ भन्ने मेरो विश्वास छ,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ।

‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न आ–आफ्नो ठाउँबाट सक्रिय रहन प्रधानमन्त्रीले सबैमा आह्वान गरेका छन्।

“मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने हाम्रो राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु,” उनले भनेका छन्।

बकर ईदलाई करिव चार हजार वर्षअघि हजरत इब्राहिमले आफ्ना पालनहार अल्लाहका अगाडि प्रस्तुत गरेको कुर्बानी (बलिदानी) को सम्झनास्वरुप मनाइने पर्वका रुपमा लिइन्छ। यसै दिनदेखि हिजारी संवतको नयाँ वर्षको सुरुवात हुने गर्छ। गरिव तथा असहायलाई दान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ।

धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताबीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवद्र्धन गर्दै आएका छन्। नेपालमा धार्मिक, सांस्कृतिक र भाषिक लगायतका विविधतालाई संवैधानिकरुपमा सम्मान र संरक्षण गरिएको छ।

प्रकाशित: Aug 01, 2020| 05:40 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।