बिहीबार, मंसिर १८, २०८२

सांसद यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण भएको छ।
 |  शनिबार, साउन १७, २०७७

जियालाल साह

जियालाल साह

शनिबार, साउन १७, २०७७

पर्सा- पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवसहित थप ६४ जनामा कोरोना संक्रमण भएको छ।

National life

नारायणी अस्पतालबाट शुक्रबार अबेर सार्वजनिक पीसीआर रिपोर्टअनुसार पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

सांसद यादवले आफूलाई संक्रमण भएको खबर आएको जानकारी नेपाल समयलाई दिए। उनले दुई दिनदेखि खोकी लागे पनि ज्वरो आउने लगायतका लक्षण आफूमा नदेखिएको बताए।

संक्रमित हुने अन्यमा वीरगन्ज महानगरको मेनरोड लोहारपट्टी वडा नम्बर ६ का २५ जना छन्। यस्तै वडा नम्बर ८ गहवाका १२ जना छन्।

ड्राइपोर्ट सिर्सिया २५ का १० जना संक्रमित भएका छन्। अन्य संक्रमितमा महानगरको राधेमाई, नगवा, रानीघाट, पानीटंकी क्षेत्रका रहेको अस्पतालका चिकित्सक डा. निरज सिंहले जानकारी दिए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 01, 2020| 00:22 शनिबार, साउन १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।