बिहीबार, मंसिर १८, २०८२
  • गृहपृष्ठ
  • समाज
  • पर्सामा शव व्यवस्थापन गर्ने विषयमा झडप हुँदा प्रहरीद्वारा हवाई फायर

पर्सामा शव व्यवस्थापन गर्ने विषयमा झडप हुँदा प्रहरीद्वारा हवाई फायर

शव गाड्ने विषयमा पर्सामा शुक्रबार राति स्थानीय र प्रहरीबीच झडप भएको छ।
 |  शुक्रबार, साउन १६, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, साउन १६, २०७७

पर्सा- शव गाड्ने विषयमा पर्सामा शुक्रबार राति स्थानीय र प्रहरीबीच झडप भएको छ।

National life

वीरगन्जको अस्थायी कोभिड अस्पतालमा बिहीबार मृत्यु भएका व्यक्तिको शव दाहसंस्कार गर्न गएको नेपाली सेनाको टोलीलाई स्थानीयले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको थियो।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले हवाई फायर तथा अश्रु ग्यास प्रहार गरेको पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता मन्जित कुँवरले जानकारी दिए।

उपचारका क्रममा मृत्यु भएका जगदम्बा इन्टरप्राइजेजका सीईओ ५६ वर्षीय मेवाराम शर्मा, वीरगन्ज १६ नगवाका ३५ वर्षीय मुन्नाकुमार कानु र घरमै मृत्युपछि कोरोना संक्रमण पुष्टि भएका छपकैया २ का नवलकुमार पाण्डेको शव व्यवस्थापन गर्न पर्सा राष्ट्रिय निकुञ्जको सात किलोमिटरभित्र
लैजानुअगाडि मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको हो।

जंगलमा शव गाड्न लैजान अवरोध गरेपछि हवाई फायर गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए।

Laxmi sunrise bank
kumari

स्थिति नियन्त्रणमा आइसकेको र नेपाली सेनाले शव गाड्न लगिसकेको घटनास्थलबाट प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए।

सांसद प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण

प्रकाशित: Jul 31, 2020| 23:48 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।