बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अछामका छुट्टाछुट्टै स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते

अछामका छुट्टाछुट्टै स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते

अछामका छुट्टाछुट्टै स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते भएका छन्।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं- अछामका छुट्टाछुट्टै स्थानमा भालुको आक्रमणबाट तीन जना घाइते भएका छन्।

जिल्लाको रामारोशन गाउँपालिका–६, भाटाकाटियास्थित तुर्सानी समुदायिक वनमा भालुले आक्रमण गर्दा भाटाकाटियाका ३० वर्षीय दानबहादुर साउद र ३८ वर्षीय तुल साउद घाइते भएका हुन्।

दिउँसो १२ बजेतिर घाँस दाउरा काट्ने क्रममा भएको आक्रमणबाट उनीहरुको शरिरमा चोट लागेको जिल्लाको प्रहरी कार्यालय, अछामले जनाएको छ। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

घाइते दुवैलाई प्रहरी चौकी, सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल पठाएको अछाम प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले बताए।

यस्तै, शुक्रबार रामारोशन गाउँपालिका–५, छडिखोलाको जंगलमा घाँस, दाउरा काटने क्रममा भालुले ५५ वर्षीय भैरे बटलामाथि आक्रमण गरेको छ।

उनको पनि प्रहरी चौकी, सान्तडाबाट गएको टोलीले उद्धार गरी बयलपाटा अस्पताल पठाएको सूचना अधिकारी अवस्थीले बताए। उनको अवस्था पनि गम्भीर रहेको बताइएको छ।

प्रकाशित: Jul 31, 2020| 21:01 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।