बुधबार, भदौ १०, २०८३

कांग्रेसले भ्रातृ संघहरुको म्याद थप्यो

कांग्रेसले म्याद गुज्रिएका आफ्ना विभिन्न भ्रातृ संघहरुको म्याद थप गरेको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं- कांग्रेसले म्याद गुज्रिएका आफ्ना विभिन्न भ्रातृ संघहरुको म्याद थप गरेको छ।

म्याद सकिएका संघहरुको आगामी केन्द्रीय कार्य समितिको बैठकबाट अनुमोदन हुनेगरी समाप्त भएको मितिबाट ६ महिनाका लागि म्याद थप गरिएको हो।

म्याद थप भएका संघहरुमा नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकूर समाज रहेका छन्।

पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी यी संघहरुको म्याद थपिएका जानकारी गराएका छन्।
कांग्रेसले आगामी फागुनमा महाधिवेशनको तयारी गरेको छ।

प्रकाशित: Jul 31, 2020| 19:37 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।