सुदूरपश्चिम प्रदेशमा आज थप एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या चार हजार पाँच सय २४ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा ४०, सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २६, धुलिखेल अस्पतालको प्रयोगशालामा ३४ र डडेल्धुरा अस्पतालको प्रयोगशालामा १३ गरी एक सय १३ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा बझाङका २५ र कैलालीका १५ गरी ४० जनामा संक्रमण पुष्टि भएको बताए।
उनका अनुुसार धुलीखेल अस्पतालमा भएको परीक्षणमा कञ्चनपुरका १८ र दार्चुलाका १६ जनामा पनि कोरोना देखिएको छ भने डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा बैतडीका १० र डोटीका तीन जनामा संक्रमण पुष्टि भएको छ।
यता, सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा कैलालीका २३, बझाङका दुई र कञ्चनपुरका एक गरी २६ जनामा संक्रमण पुष्टि भएको छ। कैलालीका २३ जना मध्ये धनगढीका १६ जना छन्।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार ८ जना पुरुष र ८ जना महिलामा संक्रमण देखिएको हो।
धनगढी उप–महानगरपालिका वडा नम्वर ६, ८, ११ र १८ का एक एक जना, वडा नम्वर ७ का चार जना, वडा नम्वर १२ का तीन जना र वडा नम्वर १४ का पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको धनगढी उप–महानगरपालिकाका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज उपाध्यायले बताए।
यस्तै, कैलालीको टीकापुर नगरपालिका वडा नम्वर ६ का तीन जना, वडा नम्वर १, २ ७ र ८ का एकरएक जनाा कोरोना देखिएको छ।
सेती अस्पतालका सूचना अधिकारी श्रेष्ठले बझाङको मष्टा–१ का २० बर्षीय पुरुष, छव्विसपाथिभेरा गाउँपालिका वडा नम्वर ७ का ४२ बर्षीय पुरुष, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्वर १७ का २५ बर्षीय पुरुषमा कोरोना देखिएको बताए ।