बुधबार, भदौ १०, २०८३

कैलालीमा बेपत्ता तीनै जनाको शव भेटियो

कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। बुधबार अविरल वर्षाका कारण आएको बाढीले बगेर बेपत्ता भएका उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

कैलालीमा बाढीले बगाएर बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। बुधबार अविरल वर्षाका कारण आएको बाढीले बगेर बेपत्ता भएका उनीहरुको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा बगेर बेपत्ता भएका कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ जनकपुरका गाउँका ९ वर्षीय स्केल चौधरी, ३३ वर्षीय चक्रबहादुर विक र काँडाढिकका ४० वर्षीय इश्वर शाहको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवत्ता प्रहरी नायव उपरीक्षक प्रहरीले प्रतीक बिष्टले बताए ।

नौ वर्षिय बालक चौधरीको शव बिहिबार साँझ फेला परेको थियो भने शाह र विकको आज घरबाट एक किलोमिटर तल मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले बताए ।

बुधबार बेपत्ता भएका टंक शाही, हेमन्त शाही, विकी शाह, बल बहादुर चौधरीको सकुशल उद्दार गर्न सफल भएको उनले जानकारी दिए ।

प्रकाशित: Jul 31, 2020| 17:31 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।