बुधबार, भदौ १०, २०८३

कोरोनाबाट नेपालमा थप ४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने सबै पर्सा जिल्लाका छन्।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुने सबै पर्सा जिल्लाका छन्।

जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने का ५६ वर्षका एक पुरुषको मृत्यु भएको छ। उनी मुटुको रोगी थिए।

उनको वीरगंजको कोरोना विशेष अस्थायी अस्पताल गण्डकमा आइसीयु र भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो। गत साउन ६ गते कोरोना पुष्टि भएपछि उनलाई साउन ७ गते कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो।

उनको हिजो साँझ मृत्यु भएको हो। उनमको शरीरमा अक्सिजनको कमी हुँदै गएको थियो भने श्वासप्रश्वास लगायतका समस्याहरु देखिएका थिए।

यस्तै वीरगंज महानगरपालिकाकै १६ नम्बर वडाका एक ३५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ। गत साउन ५ गते निजी क्लिनिक हुँदै तराई अस्पताल भर्ना भएका उनमा स्वास्थ्यमा सुधार नआएपछि साउन १३ गते गण्डक अस्पताल भर्ना भएका थिए। उनको पनि १५ गते नै मृत्यु भएको हो।

त्यस्तै वीरगंज महानगरपालिकाकै वडा नं. २ छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि कोरोना संक्रमणबाट हिजो मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या हुनेलगायतका लक्षणहरु देखिएपछि गण्डक अस्पताल भर्ना भएका उनको हिजो मृत्यु भएपछि स्वाब संकलन गरी कोरोना परीक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको थियो।

यस्तै वीरगंज महानगरपालिकाकै वडा नम्बर ११ स्थायी घर भई धसिखेल–५ ललितपुर बस्ने एक ६५ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मधुमेह तथा प्रेसरकी बिरामी उनी काठमाडौंको एक अस्पतालमा उपचारका क्रममा कोरोना पुष्टि भएपछि गत साउन ६ गते पाटन अस्पताल भर्ना गरिएको थियो। उनको आज मृत्यु भएको हो।

योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ।

प्रकाशित: Jul 31, 2020| 17:17 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।