बुधबार, भदौ १०, २०८३

काठमाडौं उपत्यकामा थप ३८ जनामा कोरोना संक्रमण

काठमाडौं उपत्यकामा आज (शुक्रबार) कोरोना भाइरसका ३८ जना संक्रमित थपिएका छन्।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं उपत्यकामा आज (शुक्रबार) कोरोना भाइरसका ३८ जना संक्रमित थपिएका छन्।

उपत्यकाका विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ३२ जना, भक्तपुरका १ जना र ललितपुरका ५ जना छन्।

नेपालमा कोरोना संक्रमितको कुल संख्या २० हजार नजिक पुगेको छ।

पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै हालसम्म संक्रमित हुनेको संख्या १९ हजार ७७१ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ जना डिस्चार्ज भएका छन् भने आजसम्म १४ हजार ३९९ डिस्चार्ज भएर घर फर्किएका छन्। हाल देशभरका विभिन्न क्वारेन्टिनमा १२ हजार १११ जना रहेका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८६७ जनाको पीसीआर नमुना परीक्षण गरिएको र नेपालमा कुल पीसीआर परीक्षण प्रति १० लाखमा १२ हजार ७८८ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: Jul 31, 2020| 16:51 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।