काठमाडौं– नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नजिक पुगेको छ।
पछिल्लो २४ घण्टामा नेपालमा २२४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै हालसम्म संक्रमित हुनेको संख्या १९ हजार ७७१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १५१ जना डिस्चार्ज भएका छन् भने आजसम्म १४ हजार ३९९ डिस्चार्ज भएर घर फर्किएका छन्। हाल देशभरका विभिन्न क्वारेन्टिनमा १२ हजार १११ जना रहेका छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा १० हजार ८६७ जनाको पीसीआर नमुना परीक्षण गरिएको र नेपालमा कुल पीसीआर परीक्षण प्रति १० लाखमा १२ हजार ७८८ भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।