काठमाडौं– सैनिक कल्यानकारी कोषमा ५१ अर्ब ६१ करोड ४ लाख रुपैयाँ छ।
कोषले आज पत्रकार सम्मेलन गर्दै गत आर्थिक वर्षको आर्थिक गतिविधि सार्वजनिक गरेको हो।
कुल रकममध्ये असार मसान्तसम्म नगद मौज्दात ४५ अर्ब ८६ करोड ८० लाख र ५ अर्ब ७४ करोड २४ लाख लगानी रहेको कोषले जनाएको छ।
सैनिक कल्यानकारी कोषको रकम अक्सिजन प्लान्ट, नेपाली सेना स्वास्थ्य विज्ञान प्रतिष्ठान, अस्पताल, पेट्रोल पम्पलगायतमा लगानी छ।
बाँकी रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा मौज्दात रहेको कोषले जनाएको छ।