बुधबार, भदौ १०, २०८३

सुनको भाउ बढ्ने क्रम रोकिएन, आज तोलाको ९९,३००

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ पुगेको छ।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं– नेपाली बजारमा आज (शुक्रबार) छापावाल सुनको मूल्य तोलाको ९९ हजार ३०० रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै महँगो मूल्य हो।

बिहीबार तोलाको ९९ हजार र बुधबार ९८ हजार ५०० मा कारोबार भएको थियो।

चैत १० गते ७७ हजार रहेको सुनको मूल्य ११ गतेदेखि लकडाउन भएसँगै कारोबार बन्द गरिएको थियो।

त्यसको साढे दुई महिनापछि जेठ २५ गते महासंघले नयाँ मूल्य तोकेको थियो। त्यतिबेला ८७ हजार ४०० मूल्य कायम गरिएको थियो। त्यसयता लगातार सुनको मूल्य बढिरहेको छ।

 

प्रकाशित: Jul 31, 2020| 10:40 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्