बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सरकारले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने

सरकारले ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गर्ने

काठमाडौं– सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गरी विक्रि गर्न अनुमति दिएको छ ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा ३० हजार टन चिनी आयात गरी विक्रि गर्न अनुमति दिएको छ ।

सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार नियमित पत्रकार सम्मेलनमा उद्योग मन्त्रालयको प्रस्तावमा सरकारले दुई कम्पनीलाई चिनी आयात गरी बिक्री गर्न अनुमति दिएको जानकारी दिए । खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई १० हजार टन र साल्ट ट्रेडिङलाई २० हजार टन चिनी आयात गर्न मन्त्रीपरिषद्ले स्वीकृति दिएको हो ।

बजारमा चिनीको अभाव हुँदै गएपछि चिनीको मूल्य वृद्धि भएको थियो । अभाव पूर्ति गर्न उद्योग मन्त्रालयले मन्त्रीपरिषद्मा सरकारी स्वामित्वको दुवै कम्पनी मार्फत ५० हजार टन चिनी आयात गर्ने प्रस्ताव गरेको थियो । तर अर्थले ५० हजार टनका लागि अहिले स्रोत जुटाउन कठिन हुने भन्दै ३० हजार टनमात्र ल्याउन सकिने बताएको थियो ।

हाल दुवै कम्पनीसँग एक हजार टनमात्र चिनी रहेको उद्योग सचिव वैकुण्ठ अर्यालले जानकारी दिए । निजी क्षेत्रसँग पनि चिनीको मौज्दात सकिन लागेकोले आयात तत्काल गर्नुपर्ने उद्योगले मन्त्रीपरिषद् बैठकमा प्रस्ताव राखेको थियो ।

 

प्रकाशित: Jul 30, 2020| 18:55 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्