बुधबार, भदौ १०, २०८३

सुनको मूल्य ९९ हजार पुग्यो

सुनको मूल्य तोलाको ९९ हजार पुगेको छ।
 |  बिहीबार, साउन १५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १५, २०७७

काठमाडौं– आज (बिहीबार) सुनको मूल्य तोलाको ९९ हजार पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो हालसम्मकै महंगो मूल्य हो।

बुधबार तोलाको ९८ हजार ५०० मा कारोबार भएको थियो।

चैत १० गते ७७ हजार रहेको सुनको मूल्य ११ गतेदेखि लकडाउन भएसँगै कारोबार बन्द गरिएको थियो।

त्यसको साढे दुई महिनापछि जेठ २५ गते महासंघले नयाँ मूल्य तोकेको थियो। त्यतिबेला ८७ हजार ४०० मूल्य कायम गरिएको थियो। त्यसयता लगातार सुनको मूल्य बढिरहेको छ।

आज तेजाबी सुनको मूल्य ९८ हजार ५६० तोकिएको छ। त्यस्तै चाँदीको मूल्य प्रतितोला १ हजार २२५ छ।

पढ्नुस्: 

सुन कारोबार ठप्प, बैंकमै थुप्रियो ३ क्विन्टल

 

प्रकाशित: Jul 30, 2020| 10:49 बिहीबार, साउन १५, २०७७
प्रतिक्रिया दिनुहोस्