आफ्ना ग्राहकलाई नयाँ पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एन्ड वीड्र’ सुविधाको सुरुवात गरेको छ ।
मंगलबारबाट सुरु गरिएको स्क्यान एन्ड वीड्रमार्फत् ग्राहकले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एक लाखसम्मको रकम झिक्न सक्नेछन् ।
बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको जनाएको छ । नबिल बैंकले चाँडै यो सेवा सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने बताएको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धतिमार्फत् बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको बताएको छ ।
ग्राहकले क्यूआर कोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ ।