बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • समाज
  • एआईजीमा बढुवा भएका शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

एआईजीमा बढुवा भएका शाही र कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं– नेपाल प्रहरीको रिक्त दुई एआईजीमा बढुवा भएका निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– नेपाल प्रहरीको रिक्त दुई एआईजीमा बढुवा भएका निरजबहादुर शाही र प्रद्युम्न कार्कीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

National life

प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दुवैलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजी बढुवा सिफारिसमा परेका शाही र कार्कीलाई एआईजीमा बढुवाको निर्णय गरेको थियो। दुवैलाई आज दर्ज्यानी चिन्हसँगै पदस्थापन पनि गरिएको छ। एआईजी शाहीलाई प्रहरीको मानव श्रोत एवं प्रशासन विभागको प्रमुखमा र कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जिम्मेवारी दिइएको छ।

कार्य एवम् अपराध अनुसन्धान विभागको जिम्मेवारीमा यसअघिदेखि नै एआईजी हरिबहादुर पाल छन्। प्रहरी महानिरीक्षक थापा, एआईजी पाल र आज दर्ज्यानी चिन्ह लगाएका शाही र कार्की एकै ब्याचका हुन्।

एआईजी शैलेश थापा क्षेत्री प्रहरी महानिरीक्षकमा र अर्का एआईजी तारिणीप्रसाद लम्सालले असार २५ देखि अनिवार्य अवकाश पाएपछि नेपाल प्रहरीमा दुई जना एआईजी रिक्त थियो।

Laxmi sunrise bank
kumari

दुई जना डीआइजी एआईजीमा बढुवा र अर्का डीआईजी सूर्यप्रसाद उपाध्यायले निवर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीसँगै अवकाश पाएपछि अब प्रहरीमा थप तीनजना डिआईजी पनि रिक्त भएका छन्।

रिक्त तीनजना डीआईजीमा पनि छिट्टै बढुवा गर्ने तयारी छ। यसअघि बढुवामा छुटेकाहरुले बढुवाका लागि अहिलेदेखि नै लबिङ थालिसकेका छन्।

 

प्रकाशित: Jul 29, 2020| 16:39 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।