बुधबार, भदौ १०, २०८३

सगुनमा लगानी नगर्न लगानीकर्तालाई बोर्डको आग्रह

नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेसनको साधारण सेयर (आईपीओ) नकिन्न लगानीकर्तालाई आग्रह गरेको छ।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– नेपाल धितोपत्र बोर्डले सगुन इन्कर्पोरेसनको साधारण सेयर (आईपीओ) नकिन्न लगानीकर्तालाई आग्रह गरेको छ।

बोर्डले बुधबार सूचना जारी गरी आईपीओ जारी गर्न सगुनले धितोपत्र बोर्डबाट अनुमति नै नलिएकाले गैरकानुनी भएको स्पष्ट पारेको हो।

गैरकानुनी रुपमा माग गरिएको धितोपत्रमा लगानी गर्दा त्यसमा सरकार तथा बोर्ड जिम्मेवार नहुने सूचनामा उल्लेख छ।

बोर्डको सूचनामा भनिएको छ, ‘सगुन इन्कर्पोरेसनले बिना अनुमति लगानीकर्तालाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्कासन जारी गरेको भन्दै भ्रम फैलाएको छ ।’

कम्पनीले नेपाली लगानीकर्तालाई लक्षित गरी धितोपत्रको सार्वजनिक निष्कासन जारी गरेको विषयमा प्रकाशित समाचार र विज्ञापनप्रति बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ को दफा २७ (१) अनुसार कुनै पनि संस्थाले नेपालमा धितोपत्र निष्कासन अगाडि बोर्डमा संस्था दर्ता गर्नुपर्छ भने बोर्डबाट सेयर जारी गर्नका लागि अनुमति पनि लिनुपर्छ। तर सगुनले कुनै पनि प्रक्रिया पूरा गरेको छैन।

बोर्डले प्रचलित कानुनबमोजिम स्वीकृति नपाएका संस्थाका सम्बन्धमा लगानीकर्तालाई लक्षीत गरी सञ्चारमाध्यममार्फत समाचार, सूचना तथा विज्ञापन नगर्न समेत चेतावनी दिएको छ ।

प्रकाशित: Jul 29, 2020| 15:55 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्