सोमबार, फागुन १८, २०८२

अल्जेरियाका पूर्वराष्ट्रपतिको ८४ वर्षको उमेरमा निधन

अल्जेरियाका पूर्वराष्ट्रपति अब्देलाजिज बोउटेलिकाको ८४ वर्षको उमेरमा निधन भएको छ। केही वर्षदेखि अस्वस्थ रहेका उनको शनिबार निधन भएको अलजजिराले जनाएको छ।
 |  शनिबार, असोज २, २०७८

अलजजिरा

अलजजिरा

शनिबार, असोज २, २०७८

अल्जायर- अल्जेरियाका पूर्वराष्ट्रपति अब्देलाजिज बोउटेलिकाको ८४ वर्षको उमेरमा निधन भएको छ। केही वर्षदेखि अस्वस्थ रहेका उनको शनिबार निधन भएको अलजजिराले जनाएको छ। 

सन् २०१३ मा हृदयघात भएपछि अस्वस्थ रहेका उनको उपचार भइरहेको थियो। सन् २०१४ मा उनलाई 'फ्यान्टम प्रेसिडेन्ड' को नाम दिइएको थियो। 

उनले चुनावी अभियानमा सहभागी नभएर नै आफ्नो चौथो कार्यकालका लागि निर्वाचितसमेत भएका थिए। उनी कहाँ जन्मिएका थिए भन्‍ने कुरा उनको बायोग्राफीमा खुलाइएको छैन। 

तर, इतिहासकारहरुका अनुसार उनी सन् १९३७ मा मोरक्कोमा जन्मिएका थिए। उनले फ्रान्सबाट स्वतन्त्र हुनका लागि भएको अल्जेरिया युद्धमा महत्वपूर्ण भूमिका खेलेका थिए। उनी सन् १९५६ मा १९ वर्षको उमेरमा नै नेशनल लिब्रेशन आर्मीमा भर्ती भएका थिए। 

उनको निधनलाई अल्जेरियाको एक युगको अन्त्य भएकोरुपमा व्याख्या गरिएको छ। करिब दुई दशक सत्तामा रहेका उनले सन् २०१९ मा राजीनामा दिएका थिए। उनले पाँचौं कार्यकालका लागि पनि निरन्तरता दिने योजना बनाएपछि चर्को विरोधहरु भए। उक्त विरोधहरुलाई साम्य पार्नका लागि उनले राजीनामा दिएका थिए। 

kumari








प्रकाशित: Sep 18, 2021| 21:44 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।