सोमबार, फागुन १८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • संसद् विघटन गरेको भन्दै ट्युनिसियामा राष्ट्रपतिविरुद्ध नाराबाजी र प्रदर्शन

संसद् विघटन गरेको भन्दै ट्युनिसियामा राष्ट्रपतिविरुद्ध नाराबाजी र प्रदर्शन

ट्युनिसियाका राष्ट्रपति कइस साइदले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद् विघटन गरेको भन्दै व्यापक विरोध प्रदर्शन र नाराबाजीहरु भइरहेका छन्।
 |  शनिबार, असोज २, २०७८

अलजजिरा

अलजजिरा

शनिबार, असोज २, २०७८

ट्युनिस्- ट्युनिसियाका राष्ट्रपति कइस साइदले प्रधानमन्त्रीलाई बर्खास्त गर्दै संसद् विघटन गरेको भन्दै व्यापक विरोध प्रदर्शन र नाराबाजीहरु भइरहेका छन्। 

प्रदर्शनकारीहरु राजधानि ट्युनिसको सडकमा उत्रिएका छन्। राष्ट्रपतिले संविधानले नदिएको अधिकार लिन खोजेको भन्दै चर्को आलोचनासहित विरोध प्रदर्शनहरु भइरहेका छन्। 

राजधानी ट्युनिसमा शनिबार हजारौं मानिसहरु विरोधका लागि सडकमा उत्रिएका छन्। उनीहरुले 'कू अन्त्य गरियोस्', 'संसद्को वैधानिकता कायम होस्' भन्दै नाराबाजी भइरहेको छ। 

अर्कोतर्फ राष्ट्रपति साइदका समर्थकहरुले पनि प्रदर्शन गर्दै उनको पक्षमा नाराबाजी गरेका छन्। समर्थकहरुले 'जनता संसद् विघटन चाहन्छन्' भन्दै नाराबाजी गरेका हुन्। 

जुलाई २५ मा प्रधानमन्त्रीलाई बर्खास्त गर्दै राष्ट्रपतिले संसद् विघटन गरेका थिए भने सम्पूर्ण अधिकार हातमा लिएका थिए। उक्त कदमलाई विपक्षीहरुले 'कू' को संज्ञा दिएका छन्। 

kumari

गत साता राष्ट्रपतिका एक सल्लाहकारले राष्ट्रपतिले संविधान पनि निल्मबन गर्ने योजना बनाइरहेको भन्दै मिडियामा अभिव्यक्ति दिएपछि नागरिक आक्रोशित भएर आन्दोलनमा उत्रिएका हुन्। 

प्रकाशित: Sep 18, 2021| 22:45 शनिबार, असोज २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।